Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौँ : न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१९ घर भएका ३८ वर्षीय रिजेन नगरकोटी छन् । चैत १३ मा उनलाई ललितपुरको चापागाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए । 

आकर्षक तलब पाउने गरी दुई जना पीडितलाई न्युजिल्याण्ड पठाउँछु भनेर उनले १६ लाख ३० हजार रकम लिएर सम्पर्क विहीन भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीबारे थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट