Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

माडीको बरुवामा भोलि बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

माडीको बरुवामा भोलि बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

माडी : ग्रीन सोसाइटी नेपाल को आयोजना तथा माडी–१ वडा कार्यालय को सह–आयोजनामा चैत्र २२ गते आइतवार माडीको बरुवामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

आयोजकका अनुसार शिविरमा सुगर तथा प्रेसरका बिरामीहरूको परीक्षण, जनरल हेल्थ चेकअप, दन्तरोग सेवा, फिजियोथेरापी उपचार तथा बाल रोग विशेषज्ञ सेवा उपलब्ध गराइनेछ ।

त्यस्तै, महिलासम्बन्धी रोगको विशेषज्ञ सेवा, रक्त परीक्षण, एक्स–रे सेवा, दन्तमञ्जन र ब्रस वितरण, निःशुल्क औषधि वितरण तथा सेनिटरी प्याड वितरण पनि गरिने जनाइएको छ । साथै बालबालिकाहरूका लागि लिटो वितरणको व्यवस्था समेत गरिएको छ ।

उक्त स्वास्थ्य शिविर नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखाको कार्यालय परिसरमा आइतवार बिहान ८ बजेदेखि सञ्चालन हुने जनाइएको छ । शिविर सञ्चालनका लागि माडी नगरपालिका ले औपचारिक (लिखित) अनुमति दिइसकेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij