Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

भक्तपुरका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १९ जना पक्राउ

भक्तपुरका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १९ जना पक्राउ

भक्तपुर : भक्तपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा गरिएको छापाका क्रममा जुवाको खालबाट नगद ७१ हजार ४ सय ५५ रुपैयाँ र १० बुक तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (प्रनाउ) प्रकाश जवेगूका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीले जुवातास विरुद्धको अभियानलाई कडाइका साथ अघि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij