Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड

पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड

काठमाडौं : विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालीको गौरव र पहिचान भएकाले यसबारेमा विश्वभर प्रचार गर्न सकिएमा मात्रै पर्यटक आवागमनमा वृद्धि ल्याउन सकिने बताएका छन्।

एएमएस ग्लोबल हिमालय फाउन्डेसनले आगामी मे २९ मा काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट टुरिज्म एवार्ड र वल्ड पिस समिटका बारेमा उद्यमी, व्यवसायी जानकारी दिन आयोजित कार्यक्रममा उनले पर्यटन क्षेत्रमा लगानी बढाउन पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गर्नु आवश्यक रहेको बताए।

फाउन्डेसनकी संस्थापक अध्यक्ष सत्यकला तामाङ लामाले नेपालको लोक कला, संस्कृति, पर्यटनका बारेमा विश्वभर जानकारी गराउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गर्ने क्रममा आगामी मे महिनामा काठमाडौंमा विश्वका ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागितामा एभरेष्ट टुरिज्म एवार्ड र वल्ड पिस समिटको आयोजना गर्न लागिएको जानकारी दिइन्।

उनका अनुसार फाउन्डेसनले जापान फिलिपिन्स, चीन, युएई, क्यानाडा, माल्दिभ्स, सुडानलगायतका देशका नेपाली संस्कृति, कला, सङ्गीत, भाषासँगै पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरु सम्पन्न भएका छन्। कार्यक्रममा पर्यटन व्यवसायीहरू जिम्बाज्याङ्वु शेर्पा, दामोदर घिमिरे, मिङ्मादोर्जे शेर्पा, असिम राई, पत्रकार ऋषि धमलालगायतका वक्ताहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट