काठमाडौँ : सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सम्पन्न भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा शनिबार बिहानदेखि भएको सुनुवाइपछि पाण्डेको प्रक्रिया टुंगिएको हो । पाण्डेको सुनुवाइ सकिएलगत्तै समितिले अर्का प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीको सुनुवाइ सुरु गरेको छ । डाँगीले समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
डाँगीविरुद्ध समितिमा सातवटा उजुरी परेका छन् । तीमध्ये पाँचवटा उजुरीमा सबै प्रस्तावित न्यायाधीशलाई समेटिएको बताइएको छ ।
सिफारिस भएकामध्ये दुई जनाको सुनुवाइ शुक्रबार नै सम्पन्न भएको थियो । शुक्रबार डा.रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको संसदीय सुनुवाइ गरिएको थियो । न्याय परिषद्ले असोज २० गते बसेको बैठकबाट सर्वोच्च अदालतका लागि चार न्यायाधीशको नाम सिफारिस गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij