Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

डिजेल र पेट्रोल गाडीलाई विद्युतीयमा बदल्न बाटो खुला : कानुनी व्यवस्था मिलाउने सरकारको निर्णय

डिजेल र पेट्रोल गाडीलाई विद्युतीयमा बदल्न बाटो खुला : कानुनी व्यवस्था मिलाउने सरकारको निर्णय

काठमाडौँ : पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो रूपान्तरणका लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउन र उचित प्रबन्ध मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो।

नेपाल सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले यो निर्णय गरेको बताए। हाल पुराना इन्धनयुक्त सवारी साधनलाई विद्युतीयमा परिवर्तन गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डका विषयमा स्पष्ट कानुनी व्यवस्था नहुँदा सवारी धनीहरूले समस्या भोग्दै आएका थिए। 

सरकारको यो निर्णयसँगै अब पुराना गाडीलाई कवाडीमा फाल्नुको साटो कम खर्चमा वातावरणमैत्री बनाउन सकिनेछ। प्रवक्ता पोखरेलले भने, ’डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ। यसले एकातिर इन्धनको परनिर्भरता घटाउनेछ भने अर्कोतिर नेपालको नवीकरणीय ऊर्जा (विद्युत्) को खपत बढाउन मद्दत गर्नेछ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट