काठमाडौँ : गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध २ करोड ५८ लाख ६४ हजार ३२४ रुपैयाँ बिगो मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै पौडेलले आर्जन गरेको सम्पत्ति लुकाउन सहयोग गर्ने उनकी श्रीमती हुमाकुमारी उपाध्यायसहित जमुनाकुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराईविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियारले हुमाकुमारीसँग २ करोड २३ लाख, जमुनाकुमारीसँग १ करोड ६३ लाख ६ हजार तथा पौडेल र दराईसँग समान १ करोड ३८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij