Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

खैरहनीमा व्यवसाय दर्ता घुम्ती शिविर सुरु, पहिलो दिनमै ११ व्यवसायी लाभान्वित

खैरहनीमा व्यवसाय दर्ता घुम्ती शिविर सुरु, पहिलो दिनमै ११ व्यवसायी लाभान्वित

चितवन : खैरहनी नगरपालिका ले व्यवसायीहरूको सहजताका लागि व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी घुम्ती शिविर अभियान सोमबारदेखि सुरु गरेको छ।

नगरपालिकाका अनुसार अभियानको सुरुवात वडा नं. ४ बाट गरिएको हो। शिविरको पहिलो दिनमै ११ वटा व्यवसाय लाभान्वित भएका छन्। तीमध्ये ७ वटा नयाँ व्यवसाय दर्ता भएका छन् भने पहिले दर्ता भई नवीकरण हुन बाँकी रहेका ४ वटा व्यवसायको नवीकरण गरिएको व्यवसाय शाखा प्रमुख तिर्थराज खनाल ले जानकारी दिए।

नगरपालिका क्षेत्रभित्र दर्ता बिना सञ्चालनमा रहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने तथा नवीकरण प्रक्रियालाई सहज बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। साथै, व्यवसायीहरूलाई नगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य गर्दै घरदैलोमै सेवा उपलब्ध गराउने लक्ष्य लिइएको जनाइएको छ।

नगरपालिकाका अधिकृत छैटौं रमेश पौडेल का अनुसार यो अभियानलाई क्रमशः अन्य वडाहरूमा पनि विस्तार गर्दै लैजाने योजना रहेको छ।

नगरपालिकाको तथ्यांकअनुसार खैरहनीमा हालसम्म ६ हजार ७९१ वटा व्यवसाय दर्ता भएका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्म १ हजार ८०० व्यवसायको नवीकरण गरिएको छ भने १८० व्यवसाय दर्ता खारेजी तथा ५४ वटा नामसारी तथा ठाउँसारी गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट