Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

खैरहनीको लदरी खोलामा पुरुषको शव फेला, माछा मार्ने क्रममा डुबेर मृत्यु

खैरहनीको लदरी खोलामा पुरुषको शव फेला, माछा मार्ने क्रममा डुबेर मृत्यु

चितवन : खैरहनी नगरपालिका–३ चैनपुरस्थित लदरी खोलामा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक खैरहनी–३ निवासी करिब ४५/४६ वर्षीय फिरला दरै रहेका छन्।

प्रहरीका अनुसार उनी माछा मार्ने क्रममा खोलामा डुबेका थिए। घटनापछि स्थानीयले खोजी गर्ने क्रममा खोलामै उनको शव फेला परेको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट डुबेर मृत्यु भएको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij