काठमाडौँ : ललितपुरको पाटनस्थित कृष्णमन्दिर परिसरमा बुधबार साँझ दुई युवकमाथि छुरा प्रहार भएको छ ।छुरा प्रहारबाट उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी होबिन्द्र बोगटीले बताए । बुधबार साँझ अर्को समूहले उनीहरूलाई छुरा प्रहार गरेको हो । घाइतेहरूलाई उपचारका लागि बीएन्ड बी अस्पतालमा पठाइएको छ ।
छुरा प्रहारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एसएसपी बोगटी घटनास्थलमा पुगेका छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij