माडी : माडी नगरपालिका–८ खरकट्टामा यात्रुबाहक बसको ठक्करबाट एक युवतीको ज्यान गएको छ।
बिहीबार दिउँसो करिब ३ः४५ बजे भरतपुरबाट ठोरीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०२०४ नम्बरको बसले सडक पार गर्दै गरेकी १८ वर्षीया प्रिति परियारलाई ठक्कर दिएको हो।
दुर्घटनामा (मानसिक सन्तुलनमा समस्या रहेकी) परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सोमेश्वर का अनुसार माडी–८ खरकट्टा भालुखोला पुलबाट करिब ८० मिटर पश्चिम हुलाकी राजमार्गमा उक्त दुर्घटना भएको हो।
प्रहरीले ठक्कर दिने बस र बसका चालक माडी–६ कल्याणपुरका ४५ वर्षीय गुप्तबहादुर गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय माडी ले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij