काठमाडौँ : बिथ्थडचिर गाउँपालिकामा खेलमैदान निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा ६ जनालाई दोषी ठहर गर्दै अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहितका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरूलाई दोषी ठहर गरेको हो । बिथ्थडचिर गाउँपालिका वडा नं. १ स्थित बिथ्थड खेलमैदान निर्माणमा सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि अदालतले उपभोक्ता समितिका पदाधिकारीहरूलाई दोषी ठहर गरेको हो ।
अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टलाई ३ महिना कैद र २ लाख ४४ हजार ४१७ रुपैयाँ १६ पैसा जरिवाना हुने फैसला सुनाएको छ । त्यस्तै सब–इन्जिनियर गणेशराज उपाध्यायलाई ३ महिना कैद र २ लाख ४४ हजार ४१७ रुपैयाँ १६ पैसा जरिवाना, लेखापाल हर्कदेव जोशीलाई ३ महिना कैद र २ लाख ४४ हजार ४१७ रुपैयाँ १६ पैसा जरिवाना हुने फैसला सुनाएको छ । त्यस्तै मतियारको भूमिकामा रहेको भन्दै दिपेन्द्र बहादुर बोहरालाई ३ महिना कैद र २ लाख ४४ हजार ४१७ रुपैयाँ १६ पैसा जरिवाना, विरबहादुर बोहरालाई ३ महिना कैद र २ लाख ४४ हजार ४१७ रुपैयाँ १६ पैसा जरिवाना हुने फैसला सुनाएको छ । त्यस्तै निलम भण्डारीलाई ३ महिना कैद र २ लाख ४४ हजार ४१७ रुपैयाँ १६ पैसा जरिवाना हुने फैसला सुनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij