Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

वीरगञ्जमा भएको आक्रमणमा प्रहरी जवानको मृत्यु

वीरगञ्जमा भएको आक्रमणमा प्रहरी जवानको मृत्यु

 वीरगञ्ज :  वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ ।मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन् ।

सप्तरी दरबन्दी रहेका नेपाल प्रहरीमा कार्यरत रहेका चौरसिया हाल बिदामा घर आएका २७ वर्षीय प्रहरी जवान रहेका छन् । पर्सा प्रहरीका अनुसार उनलाई केही युवकहरूको समूहले लक्षित गरी आक्रमण गरेका थिए ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमण कारीहरूले धारिलो हतियार प्रयोग गर्दै निर्घात कुटपिट गरेका थिए ।सूचना पाउनासाथ पुगेको प्रहरी टोलीले अचेत अवस्थामा रहेका चौरसियालाई तत्काल अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा सामान्य विवादबाट सुरु भएको झगडा उग्र बन्दै जाँदा कुटपिटबाट चौरसियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न चार जनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।घटनामा संलग्न रहेको आरोपमा तीन पुरुष र एक महिलालाई प्रहरीले नियन्त्रणमा छन् । मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij