Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

कपिलवस्तुमा स्रोत नखुलेको १४ लाख भारुसहित एक युवक पक्राउ

कपिलवस्तुमा स्रोत नखुलेको १४ लाख भारुसहित एक युवक पक्राउ

कपिलवस्तु : कपिलवस्तुमा स्रोत नखुलेको १४ लाख भारुसहित एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका-८, बरकुलका २१ वर्षीय अभिषेक गुप्ता रहेका छन् । अवैध मुद्रा ओसारपसारको आशंकामा प्रहरीले बढाएको विशेष निगरानीमा सोमबार कपिलवस्तु नगरपालिका-१ को व्यस्त चोकबजारबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित अभिषेकलाई पक्राउ गरिएको थियो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लु.१८प ८७४७ नम्बरको मोटरसाइकललाई पछ्याएको थियो। प्रहरीको निगरानी देखेपछि मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका गुप्तालाई महेन्द्रगेटनजिकैबाट नियन्त्रणमा लिइएको हो

खोजतलासीका क्रममा मोटरसाइकलको सिटमुनि र डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा पाँच सय दरका २८ गड्डी भारतीय रुपैयाँ बरामद गरिएको छ। कपिलवस्तु प्रहरीका अनुसार पक्राउ परेका गुप्ता बर्रोहियास्थित न्यु गुप्ता पेट्रोल पम्पका सञ्चालकसमेत हुन् । हाल गुप्तालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij