Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

माडीमा विवाहका लागि ल्याइएका साडी–कपडा नियन्त्रणपछि परिवारलाई हैरानी

माडीमा विवाहका लागि ल्याइएका साडी–कपडा नियन्त्रणपछि परिवारलाई हैरानी

माडी : विवाह प्रयोजनका लागि भारतीय बजारबाट ल्याइएका साडी र कपडा सशस्त्र प्रहरी बलको बगहीँ (माडी) पोष्टले नियन्त्रणमा लिएपछि स्थानीय एक परिवारले हैरानी व्यहोर्नु परेको गुनासो गरेको छ । विवाहमा पाहुनाहरूलाई वितरण गर्न सार्वजनिक यातायातमार्फत माडी ल्याइएका ती साडी तथा कपडाहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार चलान गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षामा कडाइ गरिएको अभियान अन्तर्गत सामान नियन्त्रणमा लिएर बीरगञ्ज भन्सार पठाइएको हो । तर, विवाह प्रयोजनको भन्दै दिनभर अनुरोध गर्दापनि सामान फिर्ता नपाएपछि बीरगञ्ज भन्सार पुगेर लिलाम प्रक्रियामार्फत ठूलो रकम तिरेर कपडा फिर्ता ल्याउनुपरेको पीडित ठगुवा साह कानुले गुनासो गरेका छन् ।

मधेशी तथा थारु समुदायमा विवाहमा आउने पाहुनालाई साडी र कपडा दिने परम्परा रहँदै आएको छ । विगतदेखि नै माडी र ठोरी क्षेत्रका बासिन्दाले विवाह प्रयोजनका लागि भारतीय बजारबाट सामग्री ल्याउने गरे पनि पछिल्लो समय सुरक्षा निकायले कडाइ गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij