काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर–६ बर्जुतालबाट सशस्त्र प्रहरीले गैडाको खागजस्तो देखिने वस्तुसहित ४ जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा बिहिबार सशस्त्रको नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको टोलीले आरोपीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलैन्द्र थापाले बताए ।
पक्राउ पर्नेमा बर्जु गाउँपालिका–६ चिमडी बस्ने ३९ बर्षिय राजेशकुमार उराउ, ३१ वर्षीय जीवन चौधरी, सोही गाउँपालिका–५ अमाहीबेला बस्ने ३३ वर्षीय रविनकुमार यादव र मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका–१ फिल्महल लाइन बस्ने ४७ वर्षका नारायणप्रसाद घिमिरे छन् ।
सशस्त्रको टोलीले आरोपीहरुले प्रयोग गरेको प्र १–०३–००१ प ०२२८ र को ३६ प ६२१८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान र कारवाहीको लागि जिल्ला वन कार्यालय इनरुवा सुनसरीमा बुझाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij