Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

गुण्डा नाइके मिलन चक्रे समूहका निरे पक्राउ

गुण्डा नाइके मिलन चक्रे समूहका निरे पक्राउ

काठमाडौं :  गुण्डागर्दी गरेको आरोपमा प्रहरीले बालुवाटारबाट एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३ बसुन्धराका निरे भनिने निराजन पौडेललाई बालुवाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ठेक्कापट्टामा संलग्न निरे मिलन चक्रे समूहमा रहेर गुण्डागर्दी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षित काठमाडौं अपरेसनअन्तर्गत उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको सीआरएस रेकर्ड अनुसार निरेमाथि हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग, अभद्र व्यवहारलगायतका ६ वटा मुद्दा छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij