Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

गुण्डागर्दीको आरोपमा एमालेमा आबद्ध निराजन पौडेल पक्राउ

गुण्डागर्दीको आरोपमा एमालेमा आबद्ध निराजन पौडेल पक्राउ

काठमाडौं : नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघमा आबद्ध निरे भनेर चिनिने निराजन पौडेल पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई गुण्डागर्दीमा संलग्न आरोपमा वैशाख ३ गते बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो । ज्यान मार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारका विभिन्न घटनामा संलग्न रहेको अभियोगमा मौखिक र लिखित उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

उनीविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप भएको र अन्य मुद्दाको अनुसन्धान जारी रहेको भट्टराईले बताए । पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहमा रहेर गुण्डागर्दीमा समेत संलग्न रहेको आरोप छ ।

यसअघि पनि पौडेलविरुद्ध हातहतियार, ज्यान मार्ने उ्रद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो । अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij