Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धारिलो हतियार प्रहारबाट एक किशोरको मृत्यु

धारिलो हतियार प्रहारबाट एक किशोरको मृत्यु

धनगढी : कञ्चनपुरको पुर्नवासमा गएराति एक १८ वर्षीय किशोरको हत्या भएको छ। पुर्नवास नगरपालिका–५, भानुबस्ती बस्ने उज्जल सायरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

गएराति करिब १ः३६ बजेको समयमा एक अज्ञात व्यक्तिले उज्जलको छातीमा हतियार प्रहार गरेका थिए। आक्रमणपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार आक्रमण गर्ने व्यक्तिको अझै पहिचान हुन सकेको छैन र उनी फरार छन्। प्रहरीले अहिले आक्रमणकारीको खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट