काठमाडौँ : काठमाडौँको बौद्धमा छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ३० वर्षीय पुरुष पक्राउ परेका हुन् ।
पाँचथर घर भएर काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएकी किशोरीले चैत २७ मा आफू बलात्कृत भएको भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता गरेर प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोकाले आरोपी विरुद्ध अनुसन्धान अघि बढाएका हुन् ।
वैशाख ८ मा आरोपीलाई भारतको रक्सौलबाट नेपालतर्फ आउने क्रममा नेपालगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । आरोपीमाथि अदालतबाट म्याद लिएर प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
बलात्कारमा संलग्न पुरुष १ वर्षअघि भारतको बैंगलोर गएका थिए । त्यहाँ उनले दोस्रो महिलासँग विवाह गरेर बसेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । पीडित किशोरीकी आमा ३ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा खाँडीमा छिन् ।पीडित किशोरी बौद्धमा आफन्तकहाँ बस्दै आएकी छिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij