काठमाडौँ : गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा कारागारबाट भागेका एकजना कैदीबन्दीलाई प्रहरीले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका–५ घर भएर काठमाडौंको तारकेश्वर नगरपालिका–२८ मनमैजु बस्ने सुरेश घले छन् । भदौ २४ मा सुन्धारा स्थित केन्द्रिय कारागारबाट भागेका घलेलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।
लागुऔषध मुद्दामा उनलाई अदालतले १६ वर्ष कैद र पाँच लाख जरिवाना हुने फैसला गरेको थियो । जेनजी आन्दोलनको मौका छोपेर उनी फरार भएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij