सुर्खेत : नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुक्रबार वीरेन्द्रनगरस्थित नेपाल पुलिस स्कुलको भवन उद्घाटन गरे ।त्यस क्रममा कार्कीकै रचना गरेको गीत ‘आम म त फर्केर आएँ..’बोलेको गीतमा विद्यार्थीले प्रस्तुति राखे ।
‘आमा म तफर्केर आएँ..
खरानीबाट उठेर आएँ..’
उनीहरुले प्रहरीकै पोसाक प्रस्तुति राखेका थिए । कार्कीले गत भदौको जेनजी आन्दोलनपछि यो गीतको रचना गरेका थिए ।मञ्चमा विद्यार्थीले निकै गहन तरिकाले प्रस्तुति हेर्दै गर्दा सोफामा बसिरहेका कार्की एकाएक भावुक देखिए । उनले आफ्ना आँखाका आँसु थाम्न सकेनन् ।उनीसँगै रहेका अन्य विभिन्न क्षेत्रका प्रतिनिधिहरूले पनि उक्त प्रस्तुतिलाई निकै आकर्षक मानेर हेरिरहेका थिए ।
यसैबिच प्रहरी प्रमुख कार्कीले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत परिसरमा निर्माण गरिएको सिनियर प्रहरी अधिकृत निवासको भवनको पनि उद्घाटन गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij