नवलपुर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पहिचान खुल्न नसकेको बालिकाको शव फेला परेको छ । शुक्रबार साँझ जिल्लाको गैंडाकोट नगरपालिका–९, धबाह ताल स्थित नन्दन सामुदायिक वनको झाडीमा अन्दाजी १६ वर्षको बालिकाको सव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अनिल पण्डितले बताउनुभयो ।
वनमा गएका स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । शव गलिसकेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो । शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij