Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

यूएईलाई २०१ रनको लक्ष्य

यूएईलाई २०१ रनको लक्ष्य

काठमाडौँ : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र यू्एईबीचको प्रतिस्पर्धा जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले यूएईलाई २०१ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो। कप्तान दीपेन्द्रसिंह ऐरीले ७५ रन जोडे। दबाबमा परेको नेपालका लागि दीपेन्द्रले सानदार ब्याटिङ गर्दै लक्ष्य उकासे।

यस्तै कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५-१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए। आसिफ शेख ७ तथा रोहित पौडेलले २ रन जोडेर पभेलियन फर्किए। बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र अजय कुमारले तीन-तीन तथा खुजैमा तनविरले दुई विकेट लिए भने हैदर अली र मुहम्मद शहदादले एक-एक विकेट लिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij