काठमाडौँ : जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवलदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई शनिबार पक्राउ गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित वैशाख १२ गते नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
आयोगका अनुसार पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij