Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

सञ्चालनमा आयो बिपी राजमार्ग

सञ्चालनमा आयो बिपी राजमार्ग

काभ्रे : दुई दिनदेखि अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

बैशाख १२ गते शनिबार रोशी खोलामा आएको बाढीले बगाएका डाइभर्सनहरू पुनर्निर्माण गरिएपछि आज दिउँसोबाट राजमार्ग सञ्चालनमा ल्याइएको हो। हिजो दिउँसो केही स्थानमा डाइभर्सन निर्माण गरिए पनि हिजै साँझ परेको वर्षाले पुनः ती संरचना बगाएको थियो ।

विशेषगरी चिउरीबास, नार्के र चारसय बेँसी क्षेत्रमा बनाइएका डाइभर्सनहरू पुनः क्षतिग्रस्त भएका थिए। सामान्य वर्षाले नै यातायात अवरुद्ध भएपछि यो सडक भएर यात्रा गर्ने सर्वसाधारण समस्यामा परेका थिए ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल पक्की संरचना निर्माण भइरहेको र अस्थायी रूपमा खोलाबाट डाइभर्सन गरी सवारी सञ्चालन गरिँदा समस्या देखिएको हो।

उहाँले केही समयभित्रै स्थायी समाधान हुने बताउँदै विपी राजमार्ग पुनर्निर्माणअन्तर्गत पक्की संरचना निर्माण सुरु भइसकेकाले आगामी दिनमा समस्या क्रमशः घट्दै जाने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट