काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले अध्ययनका लागि राखेको छ।
बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा. मनोज केसीलाई आईजीपी नियुक्त गर्ने निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।
कार्की निकट अधिवक्ता टीकाबहादुर कुँवरले सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै आज दर्ता नगरेको जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयानुसार डा. मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। उक्त रिट शुक्रबार दर्ता भएमा तिहार बिदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij