Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

आईजीपी हेरफेर संवेदनशील विषय हो, औचित्य सरकारले पुष्टि गर्ला : रवि लामिछाने

आईजीपी हेरफेर संवेदनशील विषय हो, औचित्य सरकारले पुष्टि गर्ला : रवि लामिछाने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हेरफेर गर्ने सरकारको निर्णयको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने बताएका छन् ।

चितवन पुगेका सभापति लामिछानेलाई सरकारले गरेको आईजीपी हेरफेरबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले सरकारलाई काम गर्न आवश्यक पर्ने कदम चाल्ने अधिकार रहे पनि त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुने बताएका हुन् ।

उनले आईजीपी हेरफेर सुरक्षा निकायसँग सम्बन्धित अत्यन्तै संवेदनशील विषय भएकाले सरकारले उपयुक्त समयमा निर्णयको औचित्य स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।

‘पार्टी असन्तुष्ट होइन, कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला,’ उनले भने ।

लामिछानेले सरकारले गरेका सबै निर्णयमा पार्टीले समर्थन जनाउनैपर्छ भन्ने नरहेको स्पष्ट पारे । सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको उनको भनाइ छ ।

‘सरकारले गरेका सबै चिजलाई पार्टीले होमा हो मिलाउँदैन । पार्टीले गरेका हरेक चिजलाई सरकारले पनि होमा हो मिलाउँदैन । सरकारका निर्णयमा आवश्यक पर्दा पार्टीले फरक धारणा राख्ने र थप स्पष्टता माग्ने गर्छ,’ उनले भने ।

उनले पार्टीले सरकारलाई आईजीपी, प्रहरी नायब महानिरीक्षक (डीआईजी), प्रहरी निरीक्षक वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) नफेर्न निर्देशन नदिने पनि बताए ।

सरकार र पार्टीबीच सबै विषयमा एउटै धारणा हुनुपर्छ भ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट