Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

चितवनमा सबै सामानमा अनिवार्य एमआरपी राख्न प्रशासनको निर्देशन

चितवनमा सबै सामानमा अनिवार्य एमआरपी राख्न प्रशासनको निर्देशन

​चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले बजारमा पाइने सामानहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (MRP) र स्पष्ट लेबल राख्न कडा निर्देशन जारी गरेको छ।

 

सरकारको 'सुधार सम्बन्धी एक सय कार्यसूची' को कार्यान्वयन र आयात नियमन सम्बन्धी कानुनलाई प्रभावकारी बनाउन प्रशासनले यस्तो सूचना जारी गरेको हो। ​प्रशासनले आयातकर्ता, उद्योगी, विक्रेता र सबै सरोकारवालाहरूलाई निम्न बुँदाहरू पालना गर्न भनेको छ: आयातकर्ताका लागि: विदेशबाट आयात गरिने वस्तुको भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य र आयातकर्ताको विवरण खुल्ने लेबल अनिवार्य लगाउनुपर्ने।

 

​उद्योगी तथा उत्पादकका लागि: उत्पादनकै क्रममा प्याकेजिङमा मूल्य, ब्याच नम्बर, तौल र म्याद सकिने मिति स्पष्ट देखिने गरी लेबल राख्नुपर्ने। विक्रेता (थोक तथा खुद्रा) का लागि: स्पष्ट लेबल र MRP नभएका कुनै पनि मालसामानहरू खरिद-बिक्री नगर्न र नगराउन निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा यदि लेबल नभएको वा MRP भन्दा बढी मूल्य लिएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ। ​प्रशासकीय अधिकृत अन्तिम सिंजालीद्वारा हस्ताक्षरित यस सूचनाले उपभोक्तालाई ठगीबाट बचाउन र बजारलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij