Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

काठमाडौँ :  हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर–४ का वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।वडा सदस्य ६३ वर्षीय मक्क बहादुर रोकायालाई पक्राउ गरिएको हुम्लाका डीएसपी शंकर खड्काले रातोपाटीलाई बताए । शनिवार पक्राउ परेका रोकायाको साथबाट प्रहरीले एकथान भरुवा बन्दुक, फलामको रटको गोली १२ थान, ढुंगाको गोली ७ थान र बारुद ९० ग्राम बरामद गरेको छ । 

रोकाया नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । प्रहरीले आरोपी बिरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
शिर्षक 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij