Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

पुनर्विवाह गर्दा एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था खारेज

पुनर्विवाह गर्दा एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था खारेज

काठमाडौं  : सर्वोच्च अदालतको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको विधवाले अर्को विवाह गरेमा सम्पत्ति फिर्ता गर्ने व्यवस्था खारेज गरेको छ। नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको भन्दै सोमबारको संवैधानिक इजलासले उक्त कानूनी व्यवस्था खारेज गरेको हो ।

महिला कानुन र विकास मञ्चकी वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले यो व्यवस्था समानता र महिला हकको उल्लंघन भएको भन्दै रिट निवेदन दिएकी थिइन्।

उक्त ऐनको दफा २१४(२) मा ‘विधवाले अर्को विवाह गरेमा निजले अंश वापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पति तर्फ छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा निज आफैंले लिन पाउनेछ’ भन्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij