Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

रास्वपा क्षेत्रीय सभापतिसहित ५५ जना जुवातास खेल्दै गर्दा पक्राउ

रास्वपा क्षेत्रीय सभापतिसहित ५५ जना जुवातास खेल्दै गर्दा पक्राउ

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेख क्षेत्र नम्बर १ का सभापति राजेश शर्मा कोइरालासहित ५५ जना जुवातास खेलिरहेको अवस्थामा सुर्खेतमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विभिन्न स्थानमा हारजित हुने गरी नगद रकम राखेर जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका कोइराला र अन्य व्यक्तिहरूको साथबाट नेपाली तथा भारतीय रुपैयाँ गरी १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र ५३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ साल कात्तिक २२ गते जुवातास खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले विभिन्न स्थानमा छापा मारेको थियो।

छापा मार्ने क्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, प्रदेश प्रहरी गण सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा प्रहरी चौकी बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ५५ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट जुवा खेल्न प्रयोग गरिएका ५३ गड्डी तास बरामद गरेको छ। त्यस्तै, जुवामा हारजितका लागि प्रयोग भइरहेको नेपाली तथा भारतीय रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij