Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बाँकेमा व्रतबन्ध कार्यक्रममा झगडा हुँदा एक जनाको मृत्यु

बाँकेमा व्रतबन्ध कार्यक्रममा झगडा हुँदा एक जनाको मृत्यु

काठमाडौँ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा दुई समूहको बिचमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। 

व्रतबन्ध कार्यक्रममा युवकहरूको बिचमा झगडा हुँदा एक जनाको मृत्यु भएको हो। बियरको बोत्तल प्रहारबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृत्यु हुनेमा खजुरा गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल चन्द ठकुरी छन्। 

झगडामा जुम्लाको चन्दननाथ नगरपालिका–४ घर भएर बेलासपुर बस्ने २० वर्षीय योगेन्द्र सुनार घाइते भएका छन् । कुटपिटमा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्किचुहा नगरपालिका–१ भुरुवा बस्ने १९ वर्षीय दिपेन्द्रराज गिरी, १८ वर्षीय सुशील खत्री, २० वर्षीय खकेन्द्र देवकोटा र २० वर्षीय बिबियस कुँवर छन्।

घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij