Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

फेवातालमा फसेका ५ भारतीय नागरिकको उद्धार

फेवातालमा फसेका ५ भारतीय नागरिकको उद्धार

काठमाडौँ :  कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका ५ जना भारतीय नागरिकहरूलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बिहीबार ती भारतीय नागरिकहरूको उद्धार गरिएको हो । 

फेवातालमा काठको बोटमा सवार उनीहरू फसेको भन्ने खबर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij