Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

९ दिनदेखि खोजीमा रहेकी महिलाकाे खोल्सामा शव फेला

९ दिनदेखि खोजीमा रहेकी महिलाकाे खोल्सामा शव फेला

तेह्रथुम  : म्याङलुङ नगरपालिका–९ साब्ला कोप्चेकी ५३ वर्षीया दिलमाया तुम्बाहाङ्फे लिम्बू मृत अवस्थामा फेला परेकी छिन्।

वैशाख १६ गतेदेखि हराइरहेकी उनलाई परिवार, आफन्त, छरछिमेक तथा प्रहरीले निरन्तर खोजी गरिरहेको थियो। खोजीका क्रममा बुधबार बिहान म्याङलुङ–९ को कोप्चे र पाटीगाउँको सिमानामा पर्ने एक खोल्सामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।

शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

परिवारका अनुसार उनी हराएपछि लामो समयदेखि चिन्तित हुँदै खोजी भइरहेको थियो। घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट