चितवन ः रत्ननगर नगरपालिका–१४ घोलचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार साँझ करिब ७ बजे टाँडीबाट भट्टचोकतर्फ जाँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ७५ वर्षीया कृष्ण माया मगरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि बकुलहर अस्पताल टाँडी लगिएको थियो।
उपचारकै क्रममा साँझ ७ : २२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक रत्ननगर–१५ निवासी ४५ वर्षीय सगुन पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij