Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

विवाह भोज खाँदा बिरामी परे ९३ जना, पार्टी प्यालेसका दुई जना नियन्त्रणमा

विवाह भोज खाँदा बिरामी परे ९३ जना, पार्टी प्यालेसका दुई जना नियन्त्रणमा

चितवन : चितवनको भरतपुर महानगरपालिका–४ स्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाह भोज खाँदा ९३ जना बिरामी परेका छन् । वैशाख २३ गते आयोजित भोजपछि सहभागीहरूमा ‘फुड पोइजनिङ’ देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार बिरामीमध्ये ५० जनाको चितवन र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिरामीहरूमा उच्च ज्वरो, पखाला तथा पेटसम्बन्धी समस्या देखिएको प्रहरीले जनाएको छ ।

सघन उपचार कक्ष (आईसीयू) मा रहेका दुई जनाको अवस्था सुधारोन्मुख भएपछि वार्डमा सारिएको प्रहरीले जानकारी दिएको छ । घटनापछि प्रहरीले अनुसन्धानका लागि पार्टी प्यालेससँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उता खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले भोजमा प्रयोग भएका खानाका नमुना परीक्षण गर्दै विषाक्तताको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट