Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

गाडी चलाउँदा मापसे पुष्टि, गोदावरीका मेयरलाई १ हजार रुपैयाँ जरिवाना

गाडी चलाउँदा मापसे पुष्टि, गोदावरीका मेयरलाई १ हजार रुपैयाँ जरिवाना

कैलाली : कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा दुर्घटनामा परेका छन् ।

शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गेटा क्षेत्रमा मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी अनियन्त्रित भई सडकछेउको रेलिङमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि गरिएको परीक्षणमा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो । ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मेयर भट्टलाई मापसे गरेको आरोपमा ५ सय रुपैयाँ र लापरबाहीपूर्वक सवारी चलाएको भन्दै थप ५ सय रुपैयाँ गरी जम्मा १ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी प्रेम शाहीका अनुसार जरिवाना रकम आफन्तमार्फत बुझाइएपछि नियन्त्रणमा लिइएको गाडी कागज गरेर छाडिएको छ । दुर्घटनामा मेयर सकुशल रहेका छन् भने गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट