Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

जुवातास खेलिरहेका २७ जना पक्राउ

जुवातास खेलिरहेका २७ जना पक्राउ

काठमाडौँ :  प्रहरीले देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित २७ जनालाई नियन्त्रणमा लिएको छ। दाङ, कास्की र ललितपुरका छुट्टाछुट्टै ठाउँमा भएका कारबाहीमा उनीहरू पक्राउ परेका हुन्। शनिबार दिउँसो र बेलुकी गरिएका यी छापाका क्रममा प्रहरीले नगदसमेत बरामद गरेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडमा ७२ वर्षीय कासीराम विश्वकर्माको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो।इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले घरधनी कासीरामसहित १० जनालाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नगद ३२ हजार ४ सय २२ रूपैयाँ र ३ बुक तास बरामद भएको छ।यसैगरी, कास्कीको पोखरा महानगरपालिका–१७ रामदर्शन टोलमा ५५ वर्षीय धर्मदत्त गौतमको घरबाट ९ जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुकी उनीहरूलाई जुवा खेलिरहेकै अवस्थामा फेला पारेको हो। पक्राउ परेकाहरूको साथबाट ५९ हजार ५ रूपैयाँ र ४ बुक तास बरामद गरिएको छ।

त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने ५० वर्षीय श्याम कुमार राईको घरमा पनि प्रहरीले छापा मारेको छ। प्रहरी प्रभाग इमाडोलको टोलीले शनिबार दिउँसो घरधनी श्याम कुमारसहित ८ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद २४ हजार ५ सय ६० रूपैयाँ र ३ बुक तास बरामद भएको छ। पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij