Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

माडीमा भूमिगत फाइबर केबुल चुडिँदा चित्रवन युनिक नेट सेवा अवरुद्ध

माडीमा भूमिगत फाइबर केबुल चुडिँदा चित्रवन युनिक नेट सेवा अवरुद्ध

माडी  : चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको भूमिगत फाइबर केबुल चुडिँदा माडी क्षेत्रमा चित्रवन युनिक नेटको सेवा अवरुद्ध भएको छ ।निकुञ्जभित्र फायरलाइन क्षेत्रमा रहेको भूमिगत फाइबर केबुल गएराती करीब १०ः३० बजे चुँडिन पुग्दा चित्रवन केबुल टि.भी. तथा चित्रवन नेटद्वारा वितरित इन्टरनेटसंगै आई.पि.टि.भी. सेवा अवरुद्ध भएको हो ।

अब, बिहान ७ बजे निकुञ्ज प्रशासनसंग अनुमती लिई मर्मत टोली खटाउने र दिउँसोसम्म इन्टरनेट सुचारु हुने सो इन्टरनेट सेवा प्रदायक कम्पनीका माडी प्रमुख किशोर श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij