Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

भारतमा सुन–चाँदीको आयात शुल्कमा भारी वृद्धि

भारतमा सुन–चाँदीको आयात शुल्कमा भारी वृद्धि

नयाँ दिल्ली  : भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ। मंगलबार जारी गरिएको एक सरकारी आदेश अनुसार बढ्दो व्यापार घाटा कम गर्न र कमजोर बन्दै गएको भारतीय रुपैयाँलाई थप गिरावटबाट जोगाउन यो निर्णय लिइएको हो।

सरकारले १० प्रतिशत बेसिक कस्टम ड्युटी र ५ प्रतिशत एग्रिकल्चर इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट सेस लागू गरेको छ। यसरी कुल प्रभावकारी कर १५ प्रतिशत पुगेको छ। यसअघि सन् २०२४ को मध्यतिर कर घटाएर ६ प्रतिशत कायम गरिएको थियो।

t
विदेशी मुद्रा सञ्चितिमा परिरहेको दबाबलाई कम गर्न र सुनको आयात घटाउन सरकारले यो कदम चालेको हो। भारत विश्वकै दोस्रो ठूलो सुन उपभोक्ता राष्ट्र हो र यसले आफ्नो आवश्यकताको करिब ९९ प्रतिशत सुन विदेशबाट आयात गर्छ। कुल आयात खर्चमा सुनको हिस्सा मात्रै ९ प्रतिशत रहेको छ।

व्यवसायीहरूले भने कर वृद्धिसँगै सुनको तस्करी बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।  पहिले कर घटाउँदा तस्करीमा कमी आएको थियो, तर अहिलेको वृद्धिले अवैध कारोबारलाई प्रोत्साहन मिल्न सक्छ। यसका साथै सुनको मूल्य बढ्दा बजारमा माग पनि घट्ने अनुमान गरिएको छ।हालै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देशवासीहरूलाई एक वर्षसम्म सुन नकिन्न आग्रह गरेका थिए। उनले विदेशी मुद्रा बचाउनु अहिलेको देशभक्ति भएको भन्दै घरमा हुने कार्यक्रमहरूमा सुनका गहना नकिन्न अपिल गरेका थिए। मोदीको यो अपिलपछि भारतका ठूला ज्वेलरी कम्पनीहरू टाइटन, कल्याण ज्वेलर्स र सेन्को गोल्डको सेयर मूल्यमा १० प्रतिशतसम्म गिरावट आएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij