Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते

चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते

काठमाडौं : चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बुधबार बिहान चितुवाको आक्रमणबाट प्रहरी घाइते भएका हुन् ।

घाइते हुनेमा प्रहरी हवल्दार प्रेम विक रहेको एसपी गौतमले बताए । उनका अनुसार महालक्ष्मी नगरपालिका लुभुमा चितुवाले आक्रमण गरेको हो । मोटरसाइकल गस्तीमा गइरहेका बेला गहुँबारीबाट निस्केको चितुवाले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते हवल्दारको किस्ट अस्पतालमा उपचार गरिएको उनले बताए । प्रहरीलाई आक्रमण गरेपछि चितुवा त्यहाँबाट भागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट