Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

काठमाडौं  : राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त भएका छन् ।

वन तथा वातावरणमन्त्री एवं कोषकी अध्यक्ष गीता चौधरीले उनलाई यही वैशाख २९ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्यसचिवमा नियुक्त गरेकी हुन् ।

पोखरेल हाल कोषको वरिष्ठ निर्देशकमा कार्यरत छन् । वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा बाघविज्ञ पोखरेलसँग संरक्षण क्षेत्रमा २७ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

पोखरेलले कोषको उद्देश्य, दूरदृष्टि तथा मूल्यमान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट