Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गुणस्तर मापदण्ड नपुगेपछि ‘करेन्ट नुडल्स’ र ‘लाली चाउचाउ’ बजारबाट फिर्ता गर्न निर्देशन

गुणस्तर मापदण्ड नपुगेपछि ‘करेन्ट नुडल्स’ र ‘लाली चाउचाउ’ बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेका केही चाउचाउ र बिस्कुटलाई बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। परीक्षणका क्रममा तोकिएको मापदण्डअनुसार गुणस्तर कमजोर भेटिएपछि सम्बन्धित उत्पादनको बिक्री तथा वितरण तत्काल रोक्न विभागले आदेश दिएको हो।

विभागका अनुसार यशोधा फुड्स प्रालि का ‘करेन्ट नुडल्स’ र ‘लाली चाउचाउ’ तथा एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिको ‘ज्याकन्याक क्रेकर्स’ गुणस्तर परीक्षणमा असफल भएका छन्। उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै ती उत्पादनहरू बजारबाट फिर्ता गराउन निर्देशन दिइएको विभागले जनाएको छ।

उपभोक्ता सुरक्षालाई प्राथमिकतामा राख्दै विभागले सम्बन्धित कम्पनीहरूलाई उत्पादन प्रक्रिया सुधार गर्न समेत निर्देशन दिएको छ। साथै, बजार अनुगमनलाई अझ कडाइका साथ अघि बढाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij