Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

इजरायल रोजगारी प्रक्रियामा भएको ढिलाइ र अन्योलको विरोधमा माइतीघरमा प्रदर्शन

इजरायल रोजगारी प्रक्रियामा भएको ढिलाइ र अन्योलको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौँ  : काठमाडौँको माइतीघर मण्डलामा इजरायल रोजगारी प्रक्रियामा भएको ढिलाइ र अन्योलको विरोध गर्दै पीडित उम्मेदवारहरूले प्रदर्शन गरेका छन्। विगत दुई वर्षदेखि इजरायल रोजगारीको पर्खाइमा रहेका युवाहरूले सरकार र सम्बन्धित निकायको गैरजिम्मेवार कार्यशैलीका कारण आफूहरू अन्यायमा परेको गुनासो गरेका हुन्।

प्रदर्शनकारीहरूले वैदेशिक रोजगार विभागले इजरायल रोजगारी खुल्ने विषयमा पटक–पटक आश्वासन दिए पनि हालसम्म आधिकारिक सूचना सार्वजनिक नगरेको बताएका छन्। उनीहरूका अनुसार वि।सं। २०८१ मा भएको गोलाप्रथामा छनोटमा नपरेका उम्मेदवारहरूलाई नयाँ कोटामा स्वतः समावेश गरिने प्रतिबद्धता विभागका जिम्मेवार अधिकारीहरूले दिँदै आएका थिए। यही आश्वासनका आधारमा हजारौँ युवाहरू लामो समयदेखि पर्खाइमा रहेका छन्।

प्रदर्शनमा सहभागी उम्मेदवारहरूले आफूहरूलाई पुनः नयाँ लक्की ड्र प्रक्रियामा सहभागी गराउनु अन्यायपूर्ण हुने बताएका छन्। हाल सञ्चार माध्यममा इजरायलका लागि २३०० नयाँ कोटा खुल्ने र पुराना उम्मेदवारहरूले समेत पुनः गोलाप्रथामै सहभागी हुनुपर्ने समाचार सार्वजनिक भएपछि उनीहरू थप आक्रोशित बनेका हुन्। उम्मेदवारहरूले वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयमा पटक–पटक ज्ञापनपत्र बुझाउँदै आएको बताएका छन्। उनीहरूले लामो समयदेखि सम्पूर्ण प्रक्रिया पूरा गरेर बसेका योग्य उम्मेदवारहरूका लागि छुट्टै कोटा सुरक्षित गरिनुपर्ने माग गरेका छन्।

eps-birod-(8)_mcH7vrHtXR.jpgeps-birod-(10)_qs7MhainNv.jpgeps-birod-(3)_hdjE3Hk9kD.jpgeps-birod-(7)_la6SO0zlfg.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट