Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

हातहतियार खरखजना मुद्दामा फरार अभियुक्त पक्राउ

हातहतियार खरखजना मुद्दामा फरार अभियुक्त पक्राउ

संखुवासभा : ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना मुद्दामा फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको छ ।

संखुवासभा जिल्ला अदालतको २०८२ चैत ४ गतेको फैसला आदेशअनुसार १ वर्ष ३ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका चैनपुर नगरपालिका–१० हात्तिसुँडे बस्ने ४३ वर्षीय अर्जुन कुमार जिमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयन अन्तर्गत खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार आफ्नै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका जिमीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट