Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

लालमणी इन्स्पेक्टरमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान

लालमणी इन्स्पेक्टरमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान

धनगढी : वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी नायव निरीक्षक लालमणी योगी प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा भएका छन् । मानवश्रोत विकास विभाग, नक्साल काठमाडौं अन्तर्गत कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ७१३० जेठ ५ गतेको पत्रादेशअनुसार योगीलाई प्रहरी निरीक्षक पदमा पदोन्नति गरिएको हो । उनको बढुवा २०८३ जेठ ४ गतेदेखि लागू भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको दरबन्दीमा रही हाल वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत योगीलाई बुधबार आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले नवपदोन्नत प्रहरी निरीक्षक योगीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट