Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

एसपी रामेश्वर पौडेलको आगमनसँगै चितवन प्रहरीमा नयाँ उत्साह

एसपी रामेश्वर पौडेलको आगमनसँगै चितवन प्रहरीमा नयाँ उत्साह

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व बुधबारदेखि प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले सम्हालेका छन् । कडा कार्यशैली, अनुशासनप्रतिको दृढता र अपराध नियन्त्रणमा सक्रिय भूमिकाका कारण परिचित पौडेलको आगमनसँगै चितवनको सुरक्षा व्यवस्थामा नयाँ आशा जागेको छ ।
प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार चितवन आएका एसपी पौडेललाई संगठनभित्र जिम्मेवारीप्रति गम्भीर र काममा परिणाम खोज्ने अधिकृतका रूपमा चिनिन्छ । उनले पदभार सम्हाल्नुअघि नै जिल्लाको सुरक्षा अवस्था, लागूऔषध कारोबार, चोरी, तस्करी, गुण्डागर्दी तथा अन्य आपराधिक गतिविधिबारे विस्तृत जानकारी लिएको बताइएको छ ।

निवर्तमान एसपी गोविन्द पुरीले चितवनको सुरक्षा चुनौती, भइरहेका गतिविधि र प्रहरीको अवस्थाबारे जानकारी दिँदै नयाँ नेतृत्वलाई स्वागतसहित कमाण्ड हस्तान्तरण गरेका थिए ।

पछिल्लो समय चितवनमा लागूऔषध कारोबार, चोरी तथा आर्थिक अपराधका घटना बढ्दै गएपछि सुरक्षा निकायमाथि प्रभावकारी काम गर्न दबाब बढिरहेको थियो । यस्तो अवस्थामा एसपी पौडेलको आगमनलाई जिल्लाको सुरक्षा व्यवस्थामा महत्वपूर्ण परिवर्तनको सुरुवातका रूपमा हेरिएको छ ।

प्रहरी स्रोतका अनुसार उनले जिम्मेवारी सम्हाल्नासाथ संगठनभित्र हुने ढिलासुस्ती, कमजोर कार्यसम्पादन र अनुशासनहीन गतिविधिमाथि निगरानी बढाउने संकेत दिएका छन् । साथै लागूऔषध कारोबारी, फरार अभियुक्त र अवैध गतिविधिमा संलग्न समूहहरूको विवरणसमेत माग गरिसकेको बताइएको छ ।

स्थानीयवासी, व्यवसायी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूले नयाँ नेतृत्वबाट शान्ति सुरक्षा अझ प्रभावकारी हुने अपेक्षा गरेका छन् । उनीहरूले अपराध नियन्त्रण र नागरिक सुरक्षामा ठोस काम हुने विश्वास व्यक्त गरेका छन् ।

एसपी पौडेलको आगमनसँगै अब चितवन प्रहरीको कार्यशैली थप सक्रिय, प्रभावकारी र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट