Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

सिडिओ गणेशको कडा निर्देशन: होटल–रिसोर्टमा भड्किलो कार्यक्रम र विद्यार्थीबाट अनावश्यक शुल्क असुली नगर्न चेतावनी

सिडिओ गणेशको कडा निर्देशन: होटल–रिसोर्टमा भड्किलो कार्यक्रम र विद्यार्थीबाट अनावश्यक शुल्क असुली नगर्न चेतावनी

चितवन : प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कलेज तथा संस्थागत विद्यालयहरूलाई लक्षित गर्दै विद्यार्थी र अभिभावकमाथि आर्थिक भार पर्ने गरी होटल तथा रिसोर्टमा भड्किलो स्वागत तथा बिदाइ कार्यक्रम नगर्न कडा निर्देशन दिएका छन्।

आज चितवनमा संस्थागत विद्यालयका शिक्षकहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सिडिओ अर्यालले पछिल्लो समय विद्यालयहरूमा स्वागत तथा बिदाइ कार्यक्रमको नाममा लाखौँ रुपैयाँ संकलन गरी होटल, रिसोर्टमा डिजे, नाचगान र तडकभडकसहितका कार्यक्रम गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।
उनका अनुसार यस्ता गतिविधिले शिक्षालाई व्यावसायिक बनाउँदै विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थपिरहेको छ, जसले शैक्षिक वातावरणलाई समेत नकारात्मक असर पारिरहेको छ।
सिडिओ अर्यालले स्पष्ट रूपमा भने, विद्यालयहरू शैक्षिक संस्था हुन्, मनोरञ्जन व्यवसाय होइनन्। उनले स्वागत तथा बिदाइ कार्यक्रमलाई मर्यादित, सरल र शैक्षिक वातावरणमै सीमित गर्नुपर्नेमा जोड दिए।
उनले सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यताविपरीत हुने गतिविधि, अस्वाभाविक शुल्क संकलन तथा भड्किलो कार्यक्रम तत्काल बन्द गर्न आग्रह गर्दै निर्देशनको अवहेलना भएमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिए।
प्रशासनले पछिल्ला दिनहरूमा अभिभावकबाट अत्यधिक शुल्क असुली हुने गुनासो बढेपछि विद्यालय गतिविधिमाथि निगरानी थप कडा बनाउने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट