Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

घुस रकमसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

घुस रकमसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

जनकपुरधाम  :  महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालयले नियन्त्रणमा लिएकाे छ।

एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई शुक्रबार नियन्त्रणमा लिएको हाे।अख्तियारका अनुसार यादवलाई ७२ हजार रुपैयाँ घुससहित औडी सडक क्षेत्रबाट नियन्त्रणमा लिइएकाे हाे । यादवसँग थप रकमसमेत रहेको आशङ्का गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट